गुप्तचरका पूर्व एसएसपी पोखरेलको निधन

गुप्तचरका पूर्व एसएसपी पोखरेलको निधन

राष्ट्रिय अनुसन्धान बिभागका पूर्व एसएसपी उमेशप्रसाद पोखरेलको भदौ १गते काठमाडौमा निधन भएको छ । सामाजिक पृष्ठभूमि भएका पोखरेलको उपचारको क्रममा काठमाण्डौको ॐ अस्पतालमा निधन भएको हो,उनलाई निमोनिया भएको अस्पताल सूत्रले जनाएको छ । इमानदार र सहयोगी स्वभावका पोखरेललाई श्रद्धाञ्जली अर्पण गर्न काङ्ग्रेस नेता प्रकाशमान सिंह,पूर्व प्रहरी अधिकृत रमेश खरेल,अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल,पूर्व प्रमुखहरू तथा अन्य कर्मचारीहरु आर्यघाट पुगेका थिए,६२ बर्षीय पोखरेलकी श्रीमती दुर्गा काङ्ग्रेसमा क्षेत्रीय प्रतिनिधि छन् भने दुई छोरा पनि छन् ।

टिप्पणीहरू