संसद् बैठक स्थगित,प्रदीप गिरीको अन्त्येष्टि आजै
आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभा सदस्य तथा काँग्रेस नेता प्रदीप गिरीको निधनका कारण बैठक भोलिसम्मको लागि सारिएको छ ।
संसद सचिवालय स्रोतले दिएको जानकारीअनुसार भोलिको बैठकमा पनि शोक प्रस्ताव मात्रै पारित गरिनेछ ।
गिरीको पार्थिव शरीर श्रध्दाञ्जलीको निम्ति पार्टी केन्द्रीय कार्यालय सानेपामा लैजाने तयारी गरिएको छ । दार्शनिक,समाजवादी चिन्तक तथा सादगी जीवनशैली र खरो टिप्पणीकारको रूपमा परिचित गिरीको ७५ वर्षको उमेरमा हिजो राति साढे ९ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधनको घोषणा भएको हो ।
उहाँको आजै अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।
टिप्पणीहरू