इलामबाट अन्तिम पटक लड्ने नेता खनालको घोषणा
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटक चुनाव लड्न लागेको बताउनु भएको छ।
आज भैरहवास्थित गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले आफू अन्तिम पटक इलाम क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट चुनाव लड्ने जानकारी दिनु भएको हो ।
राष्ट्रपति बन्नलाई चुनाव लड्ने चर्चा छ नि भन्ने पत्रकारको प्रश्नमा खनालले जनताको साथ अझैसम्म नटुटेको भन्दै , ‘म ०४८ सालदेखि निर्वाचन लड्दै आएको छु,जनताको माया अझै घटेको छैन । फेरि पनि आफ्नो जीवनकालको लागि अन्तिम पटक निर्वाचन लड्ने सोचमा रहेको ‘ घुमाउरो जवाफ दिनुभयो।
एकतामा बल हुने भन्दै गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने कुरामा कुनै शङ्का नरहेको उहाँको दाबी छ।
टिप्पणीहरू