पोखराले बोलायो कोरियाली माननीयको टोली
दक्षिण कोरियाली राष्ट्रियसभाका सांसदहरूको पाँच सदस्यीय भ्रमण टोली पोखरा पुगेको छ । पोखरा महानगरपालिकाको विशेष निमन्त्रणामा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यहरू सिङ हेन ली,ह्याक योङ ली,ब्योङजो किम तथा पिपुल पावर पार्टीका सांसदहरू ब्योङ गिल एन र राष्ट्रिय सभाका अधिकारी सहभागी रहेको टोली पोखरा पुगेको हो ।
भ्रमण टोलीले पोखरा महानगरका मेयर धनराज आचार्यसँगको छलफलमा पोखराको विकासमा साथ दिने प्रतिबध्दता जनाएका छन् । पर्यटन प्रवर्धन,फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन र ग्रिन ट्रान्सपोर्टेसन लगायत क्षेत्रमा सहयोग गर्ने उनीहरूको भनाइ छ।
पोखराले कोरियाली विभिन्न शहरका स्थानीय सरकारसँग यसअघि नै भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । कोरोना सङ्क्रमणका बेलामा पनि पोखरा महानगरलाई स्वास्थ्य सामग्री र विभिन्न उपकरण सहयोग आएको थियो ।
टिप्पणीहरू