गिरीको शवयात्रा सानेपा हुँदै आर्यघाटसम्म,प्रहरीको टुकडीले अन्तिम सलामी दिने

गिरीको शवयात्रा सानेपा हुँदै आर्यघाटसम्म,प्रहरीको टुकडीले अन्तिम सलामी दिने

नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदिप गिरीको पार्थिव शरीर अन्त्येष्टिका निम्ति सानेपास्थित पार्टी कार्यालयबाट पशुपति आर्यघाट लान लागिएको छ।

शव यात्रा सानेपा हुँदै नख्खू दोबाटो, सात दोबाटो,ग्वार्को भएर कोटेश्वर पुग्ने छ। त्यस्तै तीन कुने,एयरपोर्ट को बाटो तिलगंगाबाट पशुपति क्षेत्र प्रवेश हुनेगरी रुट मिलाइएको छ । पशुपतिको दक्षिण गेटबाट पार्थिव शरीरलाई (सुमार्गी भवन नजिक) पुर्‍याइने छ।

गिरीको पार्थिव शरीरलाई श्रध्दाञ्जली अर्पण गर्न आज बिहान साढे ११ देखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा राखिएको थियो। आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य दलका शीर्ष नेताहरूले श्रध्दाञ्जली दिनेछन् । दिवङ्गत गिरीलाई नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गर्नेछ।

टिप्पणीहरू