हात हातमा तरकारी बोकेर रङ्गशालाबाट निस्कियो जुलुश

बिप्लवबाट भर्खरै अलग्गिएको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले बढ्दो महङ्गीको विरोधमा र्‍याली निकालेको छ । राष्ट्रिय जागरण तथा संगठन विस्तार अभियानको क्रममा पार्टीले राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अगाडिबाट र्‍याली निकालेको हो ।

नेकपा बागमती ब्यूरो इन्चार्ज शरद रसाइलीको नेतृत्वमा अखिल क्रान्तिकारीका उपाध्यक्ष वीरेन्द्र शाह,महासचिव रुपा बुढामगर,युवा जनस्वयंसेवक नेपाल, काठमाडौं जिल्ला संयोजक सूर्यसिंह ठकुरीलगायत तीन दर्जनले हातहातमा तरकारी बोकेर विरोध जनाएका हुन् ।

उनीहरुले सार्वजनिक सम्पत्तिको रक्षा गर, बढ्दो महङ्गी नियन्त्रण गर,वैज्ञानिक समाजवादी क्रान्ति जिन्दावाद, साम्राज्यवादी दलाल होसियार, मीटरब्याजीलाई कारबाही गर,दलाल संसदीय व्यवस्था मूर्दावाद,गो ब्याक एमसीसीलगायतका नारा लगाएका छन् ।

उक्त र्‍याली त्रिपुरेश्वर, सुन्धारा,न्यूरोड, विशालबजार,इन्द्रचोक हुँदै असनचोकमा पुगेर कोणसभामा परिणत हुने जनाइएको छ ।

टिप्पणीहरू