अध्यक्ष प्रचण्ड र सभामुख सापकोटासँग भेटघाट बाक्लै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो पनि भेटघाट गर्नेको संख्या बाक्लै देखियो । उहाँको खुमलटारस्थित निवासमा माओवादी नेताहरु गिरिराजमणि पोखरेल, शक्ति बस्नेत,रामेश्वर राय यादवले भेटघाट गर्नुभएको बताइन्छ ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा.विजय पौडेल पनि सहकारी कानूनको कुरामा छलफल गर्न हिजो बिहान ७ बजे त्यहीँ पुग्नुभयो ।
उता,सभामुख अग्निप्रसाद सापकोटासँग पनि भेटघाट गर्ने क्रम केही दिन यता बढेको छ । हिजो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकको टोली भेटघाटको निम्ति पुगेको थियो । पोखरा महानगरको निम्तोमा आएको झण्डै आधा दर्जनको कोरियाली प्रतिनिधिमण्डलले सभामुखसँग दिउँसो ३ बजेको समयमा आधा घण्टा शिष्टाचार भेटवार्ता गरेको संसद सचिवालयले जनाएको छ ।
टिप्पणीहरू