नुवाकोटका भण्डारीको शौचालयमा प्राणान्त,भक्तपुरको चौरमा अर्का युवाको शव

नुवाकोटका भण्डारीको शौचालयमा प्राणान्त,भक्तपुरको चौरमा अर्का युवाको शव

काठमाडौंको तारकेश्वरमा एक जना पुरुष शौचालयभित्र झुण्डिएका छन् । तारकेश्वर नगरपालिका ५, लोलाङ बसपार्क नजिकैको घरमा नुवाकोटका सरोज भण्डारी झुण्डिएको अवस्थामा हिजो राती फेला परेका हुन् ।

उनी हिजो शौचालयभित्रको रुमाल अड्याउने स्टाण्डमा पासो लगाएर शौचालयको भुईंमा लमतन्न अवस्थामा मृत भेटिएको बताइन्छ । स्थानीय मित्रता कोलोनीमा शिवराज पाण्डेको घरको भुईंतल्लामा डेरा बस्दै आएका २९ वर्षे भण्डारी

श्रीमतीसहित भाडामा बस्दै आएका थिए । भण्डारीले पासो लगाउनुको कारणबारे प्रहरीले केही बताएको छैन । शव पोष्टमार्टमको लागि हिजो राति त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

उता भक्तपुरको चौरमा पनि पुरुषको शव फेला परेको छ । सल्लाघारी चौरमा अन्दाजी ३० वर्षका पुरुषको शव हिजो साँझ फेला परेको प्रहरीले बताएको छ ।

प्रहरी वृत्त जगातीबाट गएको डिएसपी राजकुमार श्रेष्ठ नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ । सोही टोलीले हिजो साँझ शव पोष्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज,दुवाकोट लगेको थियो ।

टिप्पणीहरू