फरार बालयौन दुराचारी बल्ल कानूनको फन्दामा

फरार बालयौन दुराचारी बल्ल कानूनको फन्दामा

बालयौन दुरुपयोग आरोपका एक फरार प्रतिवादी पक्राउ परेका छन् । भक्तपुर सूर्यविनायक नगरपालिका-७ किवाचोक बस्ने ५१ वर्षीय हरिकृष्ण कोजुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोजुविरुद्द बालयौन दुरुपयोग अपराधमा जिल्ला अदालत भक्तपुरले तीन महिनाको कैद सजाय र पाँच हजार रुपैयाँको जरिवाना फैसला सुनाएको थियो ।

फैसलालगत्तै फरार भएका कोजुलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले हिजो घरैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

उनलाई नियन्त्रणमा लिएर आज जिल्ला अदालत भक्तपुरमा पेश गरिसकिएको छ ।

टिप्पणीहरू