गठबन्धनमा सीट भागबण्डा पर्सि टुंगिने
सीट भागबण्डा मिलाउन बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक भोली पुन: छलफल गरेर पर्सि टुंगोमा पुर्याउने गरि त्यसै सकिएको हो ।
बैठकबारे जानकारी दिँदै जनमोर्चाका नेता हिमलाल पुरीले भदौ ९ गतेभित्र सीट बाँडफाँट टुंग्याउने सहमति भएको बताए । स्थानीय तहको चुनावका साथै २०७४ सालको समानुपातिक मतलाई समेत सीट भागबण्डाको आधार बनाएर छलफल भैरहेको उनले जानकारी दिए ।
आजको बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला सहभागी थिए । त्यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र उपाध्यक्ष प्रमेश हमालको उपस्थिति थियो ।
जसपाबाट अध्यक्ष उपेन्द्र यादव, नेता रकम चेम्जोङ, जनमोर्चाबाट महासचिव मनोज भट्ट र सचिव हिमलाल पुरी सहभागी थिए ।
टिप्पणीहरू