कान्तिमा हिमालयन बैंकको काउण्टर सञ्चालनमा

कान्तिमा हिमालयन बैंकको काउण्टर सञ्चालनमा

हिमालयन बैंक लिमिटेडले महाराजगञ्जस्थित रहेको कान्ति बाल अस्पतालमा नगद संकलन काउण्टर सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा सेवा लिन आउने बिरामी, उनका आफन्तजन र अस्पतालका कर्मचारीको सुविधालाई मध्यनजर गर्दै बैंकले उक्त काउण्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले २४ औं घण्टा उक्त सेवा प्रदान गर्नेछ । विभिन्न कार्डका माध्यमबाट पनि भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

अस्ति एक समारोहमा बैंक र अस्पतालका बीच नगद संकलन गर्ने काउण्टर सञ्चालनमा ल्याउने विषयमा सम्झौता भएको थियो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका तर्फबाट निर्देशक डा.युवानिधि बसौलाले हस्ताक्षर गरेका छन् ।

समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

टिप्पणीहरू