माइतीघरमा दुई समूहको धर्ना,एउटा उग्र अर्को शान्त
काठमाडौंको माइतीघर मण्डलामा दुई समूहले एकैचोटि धर्ना दिएका छन् । मीटरब्याज पीडित समूह र विद्यालय कर्मचारी परिषद्ले एकैपटक धर्ना दिएका हुन् ।
सामुदायिक विद्यालयका कर्मचारीले चर्को नाराबाजी गरिरहेको बेला मीटरब्याज पीडितहरु चुपचाप शान्तिपूर्ण धर्ना बसेका छन् । उनीहरुको समूहमा तीन दर्जनको सहभागिता रहेको छ । यता, विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीको नेतृत्वमा भएको आन्दोलनमा अर्को समूहभन्दा दोब्बर सामेल छन् ।
सो क्रममा आन्दोलित कर्मचारीहरुले ‘नेपाल विद्यालय कर्मचारी परिषद् जिन्दावाद’,‘विद्यालय कर्मचारीहरु एक हौं’, ‘संघीय शिक्षा ऐन जारी गर’,‘हाम्रो श्रमको मूल्याङ्कन गर’, ‘पूरा सेवासुविधाको ग्यारेन्टी गर’,‘शिक्षामन्त्री राजीनामा दे’,‘अर्थमन्त्री राजीनामा दे’,‘अर्थसचिव राजीनामा दे’, ‘शिक्षासचिव राजीनामा दे’, लगायतका नारा लगाएका छन् ।
साथै,भोलि बिहान ७ बजे खुलामञ्चबाट र्याली निकालेर माइतीघर मण्डला आउने उनीहरुको कार्यक्रम रहेको छ ।
टिप्पणीहरू