अमेरिकासहित चार देशका राजदूत एमाले मुख्यालयमा

अमेरिकासहित चार देशका राजदूत एमाले मुख्यालयमा

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पश्चिमा मुलुकका चार राजदूतवीच आज भेटवार्ता भएको छ । पार्टी कार्यालय च्यासलमा ओलीलाई भेट्न अमेरिका, स्वीट्जरल्याण्ड, अस्ट्रेलिया र बेलायतका राजदूतहरू

नेपालको शान्ति प्रक्रियाप्रति चासो देखाउँदै सरकारले अघि सारेको सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको नयाँ प्रावधानका बारेमा विवाद भइरहेको बेला ओलीलाई भेट्न गएका हुन् ।

पश्चिमा देशका राजदूतहरूले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरिसकेका छन् । सरकारले सशस्त्र युद्धका बेला भएका गम्भीर प्रकृतिका मुद्दामा सम्लग्नलाई पनि सहजै उन्मुक्ति दिने प्रावधानसहितको कानुनी मस्यौदा संसद्मा लगेको थियो ।

सोही मस्यौदाको बारेमा पश्चिमा मुलुकले राजदूत मार्फत चासो राखेको बताइन्छ । उनीहरू मानव अधिकारसम्बन्धी गम्भीर प्रकृतिको मुद्दालाई सहजै आम माफी दिन नहुने पक्षमा रहेको बुझिएको छ।

टिप्पणीहरू