नक्सा देखाउँदैमा भारतले दिँदैन हाम्रो भूमि
आज विश्वभरि नै प्रकट रुपमा राष्ट्रवादको नारा उर्लंदो क्रममा उठेको देखिन्छ । यसरी हेर्दा राष्ट्रवादको नारा उर्लंदो क्रममा रहेको मात्रै होइन कि, यो नारा जिउँदो–जाग्दो भएर पैmलने क्रममा छ । जबकि एकथरी मान्छेहरू आजको जमाना भनेको ‘एक विश्व, एक गाउँ’ (ग्लोबल भिलेज !) को जमाना हो भनी नारा लगाइरहेका छन् ।
तर, विश्वको राजनीतिक मानचित्रको वास्तविकता रेखांकन भने अर्कै हुँदै जाँदै छ । त्यसैले त धेरै देशका राजनीतिक दल र ती देशका केही नेता राष्ट्रवादको त्यही हाँगो समातेर र नारा उछालेर सत्तामा पुगेका छन् । केही नेताले आपूm सत्तामा पुग्ने भ¥याङ (नारा अथवा प्रतिबद्धता) गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नेभन्दा नारा वा घोषणापत्रलाई आफ्नो प्रमुख एजेन्डा वा नारा बनाउन छाडेर राष्ट्रवादको नारालाई अचुक अस्त्रको रूपमा प्रयोग गरिरहेका छन्/गर्न थालेका छन् ।
यो क्रम विश्वका केही देशका नेताहरूले गत केही दशकदेखि पुनः प्रयोगमा ल्याइरहेका छन् मात्रै होइन कि, अरू बढी मुखर भएर आएको देखिन्छ । जस्तै बेलायतले युरोपियन युनियनबाट छुट्टिने निर्णय गर्नु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपूm अमेरिकाको राष्ट्रपति भएर आउनेबित्तिकै ‘मेक ग्रेट अमेरिका !’ र ‘अमेरिका फस्र्ट !’ भन्ने नारा लगाउनु, छिमेकी देश मेक्सिको र अमेरिकाको सीमामा पर्खाल लगाउने नारा उछाल्नु आदिलाई उदाहरणको रूपमा लिन सकिन्छ ।
हुन पनि इतिहास हेर्ने/पढ्ने हो भने, दोस्रो विश्वयुद्धको जग पनि राष्ट्रवादकै जगमा उभिएर भएको थियो भन्न सकिन्छ । किनभने विश्व इतिहासको पछिल्लो कडी हेर्ने हो भने जर्मन फ्युहेर हिटलरले राष्ट्रवादको नारा उछालेरै दोस्रो विश्वयुद्ध शुरु गरेका थिए ।
त्यसैले नेपालमा पनि घरीघरी राष्ट्रवादको नारा उठ्ने गर्छ । तर, हाम्रो देशको राष्ट्रवाद अहिलेसम्म टुंगोमा नपुग्दै सेलाउने गरेको देखिन्छ वा भनौं टुंगोमा नपुगी बेवारिसे बनेको देखिन्छ ! सम्भवतः विश्व–जगत रहेसम्म ! एक देशले अर्को देशको सीमा मिच्ने, विवादित सीमा क्षेत्रको भूमि आफ्नो भनी एकअर्का देशले दाबी गर्ने, एक देशले अर्को देशलाई हेप्ने क्रम चली नै रहन्छ ! र, त्यसविरुद्ध आन्दोलन गर्ने र आफ्नो गुमेको भूमि फिर्ता गर्नका लागि विभिन्न माध्यमबाट पहल गर्ने क्रम पनि चलिरहन्छ । तर, अधिकांश देशमा के देखिन्छ भने आफ्नो देशको सीमा मिचिँदा वा सीमा क्षेत्रको विवादित भूमि आफ्नो हो भन्नका लागि त्यहाँका सरकार वा सरकार प्रमुखहरू नै अघि सर्छन् । तर, हाम्रो देश नेपालमा पनि … हाम्रो देश नेपालमा यो मामिलामा अलि फरक परिदृश्य देखिने गरेको छ ।
खासगरी नेपालका जतिसुकै राष्ट्रवादी भनिए पनि राजनीतिक दल होस् वा ती राजनीतिक दलमा रहेका राष्ट्रवादी भनी चिनिने नेताहरू नै किन नहोस्, उनीहरूले नेपालको राष्ट्रवादलाई सत्तामा पुग्ने सबैभन्दा सजिलो भ¥याङको रूपमा मात्रै प्रयोग गर्ने गरेको देखिन्छ । जुन कुरोलाई पटक्कै राम्रो भन्न/मान्न सकिन्न । तर, यसपटक हाम्रो देशमा अचम्मै भएको छ । वास्तवमा भन्नुपर्दा अचम्मभन्दा पनि धेरै राम्रो र सही काम भएको छ । त्यो हो ‘नेपालको पश्चिमी सरहद (नेपाल–भारत–चीनको सीमा क्षेत्र) मा रहेको कालापानी–लिपुलेकको केही विवादित (स्मरणीय छ, नेपाल–भारत सीमा क्षेत्रको सुस्ता र कालापानी विवादित भूमि भनी दुवै देशले स्वीकार गरेको) भूमि नेपाल सरकारले आफ्नो देशको नक्सामा समेटेर नयाँ नक्सा जारी गरेको/छापेको छ ।
हुन त नेपालका अधिकांश बुद्धीजीवी, विश्लेषक, सीमाविद, सीमाविज्ञ, विषयविज्ञ आदि भनिने र भनाइनेहरूले भनेभैंm नेपाल सरकारले आफ्नो देशको नक्सामा समेटेर नयाँ नक्सा जारी गरेकै/छापेकै भरमा भारतले ‘हिजोदेखि आजसम्म मैले तिम्रो भूमि अतिक्रमण गरेको थिएँ/थिए छु । तर, आज तिमीले मेरो भूमि भनी दाबी गरेर तिम्रो देशको नक्सामा समेटेर छापेछौ । त्यसैले अबदेखि यो भूमि तिम्रो भयो, त्यसैले अब फिर्ता लैजाऊ !’ भनेर सजिलोसँग फिर्ता दिँदैन । तर, आज हामीले नक्सासहित दाबी गरेपछि तथ्य–प्रमाणसहितको एउटा आधार त खडा भएको छ । जो अहिलेको हाम्रो पुस्ता (हामी छौं) ले सो भूमि तत्कालै फिर्ता गर्न नसके पनि पछि आउने हाम्रा भावी पुस्ताले तथ्य–प्रमाण र इतिहासको आधारमा दाबी गर्ने छन् ।
त्यसैले यहाँ हामी नेपालीले खासगरी नेपालका अति राष्ट्रवादी कामरेडहरूले अर्को एउटा महत्वपूर्ण काम गर्नुप¥यो भनी यो पंक्तिकारको विशेष आग्रह छ । त्यो के भने, उहिल्यै राष्ट्रकवि माधव घिमिरे ०६१/६२ मा राष्ट्रकवि घोषित भएका) ले ‘जय, जय, जय हे नेपाल’ शीर्षकको राष्ट्रिय गीत लेख्नुभएको छ । सो गीतको पूरै पंक्ति तल उल्लेख गरिएको छ ।
गाउँछ गीत नेपाली ज्योतिको पंखा उचाली
जय जय जय नेपाल सुन्दर शान्त विशाल ।
गण्डकी, कोशी, कर्णाली, मेची र महाकाली
लेक र बेंसी बिम्झाउँछन् लहर लाखौं उचाली
हिमाल चुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली ।
सीताले सारा भिजाइन् दक्षिण लंका भारत
भृकुटी तारा उदाइन् उत्तर चीन, तिब्बत
हामीले हिमाल उठायौं एसियाको मझमा
सभ्यता बास बसेथ्यो आएर यही साँझमा ।
यै नेपाली धूलामा दिलको पूmल रोपेर
यै पहाडी शिलामा प्रीतिको गीत खोपेर
बाँचौंला हामी नेपालमा चन्द्र र सूर्य ध्वजा ली
नाचौंला हामी हिमालमा ज्योतिको पंख उचाली ।
माथिको राष्ट्रिय गीतबारे थाहा नहुने नयाँ पुस्ताका धेरै नेपालीलाई सो राष्ट्रिय गीतको पूरा पंक्ति त्यत्ति नै होला भन्ने लाग्न सक्छ । तर, त्यस्तो होइन । सो गीतमा अन्तिमका अरु चार हरफका एक महत्वपूर्ण पंक्ति छुटेको वा जानाजान छुटाइएको छ । छुटेको वा जानाजान छुटाइए सो पंक्ति पनि तल प्रस्तुत गरिएको छ ।
पश्चिम किला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
बुद्धले यहीं पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीं ल्याएथे सृष्टिको पहिलो बिहान ।
गीतको सन्दर्भ स्रोतः फणीन्द्र नेपालद्वारा लिखित ‘नेपाल टिस्टा टु सतलज’ नामक किताबको पाना नम्बर–२१९/२२० माथिको राष्ट्रिय गीतको सन्दर्भमा भन्नुपर्दा पछिल्लो पंक्ति किन हटाइयो ? कसले हटायो ? भन्नेतर्पm म अरू धेरै संकेत गर्दिनँ । तर, महत्वपूर्ण कुरा के छ भने अहिलेसम्म पनि सो गीतका रचयिता तथा राष्ट्रकवि माधव घिमिरेज्यू तपाईं हामीमाझ जीवित हुनुहुन्छ । त्यसैले राष्ट्रवादी कमरेडहरूले उहाँ जीवित हुँदै उहाँलाई भेटेर उहाँद्वारा लिखित, राष्ट्रिय गीतको हटाइएको पछिल्लो पंक्तिबारे सोधखोज गरेर वास्तविकता के हो ? पत्ता लगाउन सकिन्छ । किनभने, जस्तै कुपुत्र–पुत्री ! भए पनि आपूmले जन्म दिएको आफ्नो सन्तानको माया र ममता आमाबाबालाई हुन्छ, त्यसरी नै राष्ट्रकवि माधव घिमिरेलाई पनि आफ्नो ‘जय, जय, जय हे नेपाल’ नामक गीतको-
‘पश्चिम किला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
बुद्धले यहीं पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीं ल्याएथे सृष्टिको पहिलो बिहान ।’
भन्ने पछिल्लो पंक्ति हटाउँदा उहाँमा केही न केही त महसुस त अवश्य नै भयो होला । त्यसैले उहाँले पछिल्लो पंक्ति हटाउनुपर्ने बाध्यता वा विवशताको कारण के थियो ? अब त अवश्य नै बताउन सक्नुहोला । कि ०३३ मा साझा प्रकाशनले निकालेको उहाँको गीत संग्रहको ‘किन्नर किन्नरी’ संग्रहमा मात्रै सो पंक्ति छुटेको हो ?
अन्त्यमा यो कुलुङेको के आग्रह छ भने, राष्ट्रकवि माधव घिमिरे ज्युको सो ‘जय, जय, जय हे नेपाल’ शीर्षकको राष्ट्रीय गीतको पूरै पंक्ति (हटाइएको पछिल्लो पंक्तिसमेत खिचेर) को नयाँ श्रव्य–दृश्य बनाउनेतर्पm (छायांकन गर्नेतर्पm) पनि राष्ट्रवादी कामरेडहरूले पहल लिइहाल्नुहोस् । किनभने, नेपाली भाषामा रहेको उखान ‘मान्छे चिन्ने र खसी किन्ने’ असली समय भनेको पनि यही वेला हो । कि होइन हौं, राष्ट्रवादी कामरेडहरू ? अझ यो कामको पहल सम्माननीय प्रधानमन्त्री केपी ओलीले नै लिनुभएमा ‘सुनमा सुगन्ध हुन्थ्यो । त्यसैले उल्लिखित राष्ट्रिय गीतको हराएको वा हटाइएको पंक्ति पनि थपेर तुरुन्तै नयाँ श्रव्य–दृश्य बनाउन (तयार पार्न) का लागि प्रधानमन्त्री केपी ओलीले सरकार मातहत रहेको ‘नेपाल टेलिभिजन’लाई सो कामको जिम्मा लगाइहाल्नुपर्ने देखिन्छ । त्यसो गर्दा कसो होला, राष्ट्रवादी कामरेडहरू ?
थप केही जानकारी चाहिए : ९८४९९८५९९७, ९८६२४३६०४९
टिप्पणीहरू