नेपाल केहीबेरमा केन्यासँग नैरोबीमा भिड्ने
पाँच खेलको टी-२० आई सिरिज खेल्न केन्याको राजधानी नैरोबी पुगेको नेपाली राष्ट्रिय टोलीले आज पहिलो खेल खेल्दैछ । नेपाली समयअनुसार अपराह्न पौने चार बजेबाट शुरु हुने खेलमा नेपालले केन्यासँग प्रतिष्पर्धा गर्नेछ ।
विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले अनुभव बटुल्नका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । युवा र नयाँ खेलाडीले भरिएको टोलीलाई केन्या भ्रमण एक्स्पोजरको रुपमा पनि हेरिएको छ भने नवनियुक्त प्रशिक्षक मनोज प्रभाकारको पनि अग्नि परीक्षा हुनेछ ।
आज हुनेे खेलमा दुवै टाेली जीत निकालेर सुखद् शुरुवातको योजनामा रहेका छन् ।
पाँच खेलको सिरिजअन्तर्गत दोस्रो टी–२० भोलि, तेस्रो आइतबार, चौथो सोमबार र पाँचौ तथा अन्तिम टी–२० मंगलबार हुने तालिका रहेको छ । टी–२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।
टिप्पणीहरू