पत्रकारिता पढाइने ठाउँमा विप्लवका कार्यकर्ताको दर
हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसको हलमा दर खाने कार्यक्रम शुरु भएको छ । विप्लव नेतृत्वको नेकपानिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को आयोजनामा केही बेरअघि कार्यक्रम थालिएको हो ।
संघकी महासचिव रामकुमारी शाहीको अध्यक्षतामा भएको तीज विशेष अन्तरक्रिया कार्यक्रममा झण्डै आठ दर्जनको सहभागिता रहेको छ । त्यस्तै, कार्यक्रमको प्रमुख अतिथिका रुपमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी देखिएका छन् ।
नेकपा काठमाडौं जिल्ला इन्चार्ज माइला लामा, केन्द्रीय सदस्य सावित्रा दुरालगायत अन्यले पनि कार्यक्रममा उपस्थिति जनाएका छन् ।
टिप्पणीहरू