इ–बीमाको पहिलो व्यवसायिक सम्झौता एनएलजीसंग

इ–बीमाको पहिलो व्यवसायिक सम्झौता एनएलजीसंग

पहिलो डिजिटल बीमा सेवाप्रदायक इ–बीमा र एनएलजी इन्सुरेन्स कम्पनीबिच आज सम्झौता भएको छ ।

इ–बीमाले पहिलो पटक व्यवसायिक सम्झौता गरेको हो । यो संगै अब इ–बीमाको प्लेटफर्ममार्फत अनलाइनबाट नै इ–बीमा खरिद गर्न सकिनेछ ।

इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यता, निर्देशक ज्ञवालीले एनएलजीसंगको पछिल्लो सहकार्यले बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताएका छन् ।

जनसमुदायको माग पूरा गर्न र भविष्यमा धेरै आवश्यक कदम चाल्न इ–बीमा पूर्ण प्रतिबद्ध रहेको उनको जिकिर छ ।

त्यस्तै, एनएलजीका प्रमुख कार्यकारी अधिकृत पन्तले इ–बीमासंग गरेको सम्झौताले बजारको आवश्यकता पूरा गर्ने विश्वास राखेका छन् ।

बीमा क्षेत्रमा डिजिटलाइजेशनको आवश्यकतालाई अर्को प्रगतिशील पाइलाका रुपमा उल्लेख गर्दै उनले एनएलजी यस सम्भावनालाई साकार पार्न अघि सरेको जनाए ।

इ–बीमाले नेपालमा भएका सबै बीमासम्बन्धी सेवाका लागि एक–स्टप समाधान हुने र देशका सबै बीमा प्रदायकहरुलाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने आशा राखेको छ ।

टिप्पणीहरू