राजधानीमा ब्राउन सुगरसहित एक जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । झापाको बाह्रदशी गाउँपालिका–३ घर भइ हाल काठमाडौं महानगरपालिका–६, सरस्वतीनगर बस्ने ५० वर्षीय देवीप्रसाद शिवाकोटीलाई ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कपनबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले शिवाकोटीलाई शंकास्पद अवस्थामा फेला पार्दा उनको साथबाट १४ ग्राम ब्राउन सुगर बरामद भएको हो ।
उनलार्ई नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण ऐन,२०३३ को कसूरमा काठमाडौं जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू