ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अनलाइनबाटै

ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अनलाइनबाटै

ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइनमार्फत प्रतितपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्न थालेको छ ।

बैंकले अत्याधुनिक प्रविधिको विकास एवम् अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई थप ग्राहकमैत्री बनाउने क्रममा अनलाइनबाट प्रतितपत्र तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको प्रारम्भ गरेको बताएको छ ।

उक्त सेवाको शुरुवातसँगै ग्राहकले अनलाइनमार्फत् आवेदन फाराम भर्ने, आवेदनको प्रगती निगरानीलगायत सबै प्रक्रियागत कार्य एउटै पोर्टलको प्रयोगबाट सुविधाजनक तवरले आफ्नै कार्यालय वा घरमा बसेर सजिलैसँग गर्न सक्ने बताइन्छ ।

यसबाट ग्राहक प्रतीतपत्र (एलसी) वा बैंक ग्यारेन्टी बनाउनु परेमा बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त हुने भएका छन् । साथै ग्राहक तथा बैंक दुवैको समय, स्रोत र साधन बचत हुने बैंकले विश्वास लिएको छ ।

यो प्रणाली २०७९ भाद्र महिनाबाट लागू भएको हो । यससम्बन्धी कुनै समस्या परेमा ग्राहकहरूले बैंकको केन्द्रीय ट्रेड सञ्चालन विभाग, ट्रेड प्रवद्र्धन विभाग, डिजिटल बैंकिङ विभाग वा सम्बन्धित शाखामा सम्पर्क गरी थप जानकारी लिन बैंकले अनुरोध गरेको छ ।

टिप्पणीहरू