कागेश्वरीले कागे अष्टमीको दिन बिदा दिने

कागेश्वरीले कागे अष्टमीको दिन बिदा दिने

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागेअष्टमी पर्वको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाभर आज सार्वजनिक बिदा दिइएको हो ।

वडा नम्बर १ मा रहेको कागेश्वरी धाममा आज भव्य मेला लाग्ने र त्यहाँ सहभागी हुन् सबैलाई सहज होस् भन्ने उद्धेश्यले बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले बताए ।

नगरपालिका कार्यालयअन्तर्गत वडा कार्यालय, नगर अस्पताल, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरुलाई बिदा दिइएको हो ।

आजका दिन कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त हुने विश्वास छ । त्यस्तै, कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वाससमेत रहेको छ ।

टिप्पणीहरू