अर्का अमेरिकी मन्त्री काठमाडौंमा

अर्का अमेरिकी मन्त्री काठमाडौंमा

अमेरिकी मन्त्री तथा सरकारी अधिकारीहरुको काठमाडौं आगमन बाक्लिएको छ । पछिल्लो पटक दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एलिजावेथ होस्र्ट नेपाल आएकी छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासले मन्त्री एलिजावेट जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन आएको जनाएको छ । दूतावासले सामाजिक सञ्जालमार्फत् भनेको छ, ‘आफ्नो भ्रमणको क्रममा उहाँ जलवायु परिवर्तनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुनुहुनेछ । पहिलो पटक आयोजना हुन लागेको क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क सम्मेलनमा सहभागी हुनुहुनेछ ।’

टिप्पणीहरू