दलितलाई हेला गरे समाजवादीको सदस्यता खोसिने
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलित समुदायमाथि अपहेलना गर्नेहरुलाई पार्टीको सदस्यता नदिइने चेतावनी दिनुभएको छ । पार्टीनिकट नेपाल दलित मुक्ति संगठनको बैठकलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको छ ।
फरक प्रसंगमा उहाँले सत्तारुढ गठबन्धनभित्र सीट बाँडफाँडको विषय पेचिलो बन्दै गएको पनि उल्लेख गर्नुभयो । निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भएको तर सीट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने उठिरहेको उहाँको भनाइ छ । ‘सीट बाँडफाँटको विषय कति सम्भव छ वा छैन भन्ने बारेमा प्रश्नहरू उठिरहेका छन्’, नेपालले भन्नुभयो ।
त्यस्तै, उहाँले आगामी चुनावमा पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न नेता–कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ । त्यसका लागि पार्टीको हैसियत र सामथ्र्य वृद्धिका लागि सिंगो पार्टी पंक्ति परिचालित हुनुपर्नेमा उहाँको जोड छ ।
टिप्पणीहरू