कान्तिलाई डाक्टरसहित कर्मचारी चाहियो

कान्तिलाई डाक्टरसहित कर्मचारी चाहियो

कान्ति बाल अस्पतालले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । सघन कक्षको सेवा विस्तारका लागि कान्तिले करार सेवामा डाक्टरसहित अन्य कर्मचारी माग गरेको हो ।

अस्पतालले सूचना जारी गर्दै सात दिनभित्र योग्यता पुगेका नेपाली नागरिकलाई दरखास्त पेश गर्न आग्रह गरेको छ । मेडिकल अधिकृत आठौँ तह,स्वास्थ्य,जहेस २० जना र बायामेडिकल इञ्जिनियर,आठौँ तह एक जनाका लागि योग्यता पुगेका इच्छुक व्यक्तिले लोक सेवा आयोगद्वारा निर्धारित ढाँचाको फाराम रीतपूर्वक भरी दरखास्त पेश गर्नुपर्ने छ ।

नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्था वा विश्वविद्यालबाट सम्बन्धित विषयमा नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसूची ६ बमोजिम समूह र उपसमूहमा रहने पदहरुको लागि तोकिएको योग्यता पूरा गरेको हुनपर्ने अस्पतालको सूचनामा उल्लेख छ ।

योग्यता भएका नागरिकको उमेर १८ वर्षदेखि ४५ वर्ष ननाघेको हुनुपर्ने छ । उम्मेदवारहरुलाई दरखास्त फारम भरी हिमालयन बैंकमा एक हजार जम्मा गरेको सक्कली भौचरसहित अस्पतालको दरखास्त संकलन केन्द्रमा बुझाउन भनिएको छ ।

टिप्पणीहरू