शीतल निवासमा थप राजदूतको शपथ
आज राष्ट्रपति कार्यालय शीतल निवासमा दुई जना राजदूतले शपथ ग्रहण गरेका छन् ।
म्यानमारका लागि नेपाली राजदूत हरिचन्द्र घिमिरे र मलेसियाको निम्ति राजदूत डिल्लीराज पौडेले आज राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बताइएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

टिप्पणीहरू