चिनियाँ नेता र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज बिहान भेटवार्ता भएको हो ।
भेटमा एमालेका तर्फबाट ओलीसहित उपाध्यक्षद्वय सुवास नेम्बाङ र अष्टलक्ष्मी शाक्य उपमहासचिव बिष्णु रिमाल र अन्तराष्ट्रिय विभाग प्रमुख राजन भट्टराई सहभागी थिए । भेट द्धिपक्षीय हित र चासोका विषयमा केन्द्रित रहेको बताइएको छ ।
ओलीसँगको भेटवार्तापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर लीले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार काठमाडौँ आइपुगेका लीले हिजैदेखि उच्चस्तरीय भेटघाट शुरु गरका हुन् । हिजो उनले सभामुख सापकोटासँग संसद भवनमा शिष्टाचार भेट गर्नुका साथै ६ बुँदे सम्झौतामा हस्ताक्षर गरेका थिए ।



टिप्पणीहरू