अमेरिकी राजदूत बिदाई भेटको चटारोमा,एकाबिहानै खुमलटारमा

अमेरिकी राजदूत बिदाई भेटको चटारोमा,एकाबिहानै खुमलटारमा

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिदाई भेट गर्न ललितपुरको खुमलटार पुग्नुभएको छ । उहाँ बिहान पौने ८ बजे त्यहाँ पुग्नुभएको हो ।

करिब आधा घण्टा कुराकानी गरेपछि राजदूत बेरी साढे ८ बजेको हाराहारीमा त्यहाँबाट बाहिरिनुभएको अध्यक्ष दाहालको स्वकीय सचिवालयले पुष्टि गरेको छ ।

नामिबियाको लागि राजदूत नियुक्त भएपछि बेरी नेपालबाट बिदाई भेटमा व्यस्त हुनुभएको छ । उहाँले अस्ति प्रधानसेनापति प्रभुराम शर्मा, गृहमन्त्री बालकृष्ण खाँणसँग पनि बिदाई भेट गर्नुभएको थियो ।

टिप्पणीहरू