सोनिया गान्धीकी देवरानी काठमाडौंमा
भारतीय पूर्व महिला तथा बालबालिकामन्त्री एवम् लोक सभा सदस्य मेनका गान्धी काठमाडौं आएकी छन् । उनी एयर इण्डियाको उडानमा हिजो दिउँसो सवा २ बजे काठमाडौं ओर्लेको सरकारी स्रोतले पुष्टि गरेको छ ।
मेनका भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीकी काकी तथा सोनियाँकी देवरानी हुन् । उनी इन्दिरा गान्धीका कान्छा छोरा स्वर्गीय सञ्जय गान्धीकी श्रीमती हुन् ।
मेनका भारतीय राजनीतिज्ञ,पशु अधिकारवादी र एक पूर्व पत्रकार पनि हुन् । उनले पशु अधिकारका बारेमा धेरै पुस्तक र लेख लेखेकी छन् ।
टिप्पणीहरू