१३ वर्षीय सजन पाँच दिनदेखि बेपत्ता
राजधानीमा एक बालक पाँच दिनदेखि बेपत्ता भएका छन् । काठमाडौं महानगरपालिका–२, कैलाशचौरमार्ग बस्दै आएका १३ वर्षीय बालक सजन महर्जन पाँच दिनदेखि बेपत्ता भएका हुन् । उनी आइतबार बिहान ७ बजे परिवारका सदस्यलाई जानकारी नगराई घरबाट निस्किएको बताइन्छ ।
उनकी आमा कोपिला महर्जनले प्रहरी वृत्त दरबारमार्ग र सोह्रखुट्टेमा सोमबार नै निवेदन दिए पनि अझै फेला पर्न सकेका छैनन् ।
सजन पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् । हराएका बालक सजनलाई कोही कसैले देखे वा भेटाएमा नजिकको प्रहरी वा परिवारलाई खबर गरिदिन परिवारले आग्रह गरेका छन् ।
सम्पर्कका निम्ति परिवारले ९८२३६०८९२४ मोबाइल नम्बर उपलब्ध गराएको छ ।
टिप्पणीहरू