गहुँ, चिनी र धानचामलबारे दिल्लीमा छलफल

गहुँ, चिनी र धानचामलबारे दिल्लीमा छलफल

काठमाडौंमा चिनियाँ जनकंग्रेसका अध्यक्ष लि चान्सुको भ्रमण चलिरहेको बेला भारतसँगको व्यापारसहित द्विपक्षीय हितका विषयमा कुरा गर्ने टोली तात्तिएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीहरुको पछिल्लो भ्रमणमा भएका सम्झौताहरुको कार्यान्वयन स्थिति अध्ययन गर्न दुई देशका परराष्ट्र सचिवबीच हिजोदेखि भेट शुरु भएको हो । गत अप्रिलमा शेरबहादुर देउवा दिल्ली जानुभएको थियो भने उताका प्रधानमन्त्री मोदी मे महिनामा लुम्बिनी आउनुभयो । ती भ्रमणहरुमा भएका सहमति तथा सम्झौताको प्रगति अवस्था अध्ययन गर्न अहिले परराष्ट्र सचिवहरु दिल्लीमा जुटेका छन् । यसपटक नेपाल र भारतबीच गहुँ, चिनी र धान–चामलको सहज आपूर्तिका विषयमा केही नयाँ विषय आएका कारण त्यसबारे छलफल हुन लाग्दैछ । वाणिज्य सचिवहरु प्नि घनिभूत छलफलमा छन् ।

यता, विभिन्न विदेशी मिशनमा खटिने परराष्ट्रसेवाका कर्मचारी सरुवा गर्ने बेला भएको छ । अहिले विश्वका ४० ठाउँमा नेपालका विभिन्न तह र स्तरका कूटनीतिक नियोग छन् । त्यसमध्ये ३० वटा दूतावास, न्युयोर्क, जेनेभा र भियना गरी तीन स्थायी नियोग र हङकङ, ल्हासा, छङ्तु, कलकत्ता, कँवाञ्चौ, न्यूयोर्क, जेद्दामा सात वटा महावाणिज्यदूतावास छन् । अब हुने सरुवाबाट २०–२२ जना नासु, अधिकृत, उपसचिवसम्मका कर्मचारी आउने र जाने छन् । उता, प्रयोजनविहीन स्थितिमा विभिन्न प्रदेश प्रमुखको कार्यालयमा खटिएका सम्पर्क अधिकृत फिर्ता त भए । तर, फेरि ती–ती ठाउँमा नयाँ उपसचिवहरु पठाउने तयारी भएको छ ।

टिप्पणीहरू