संविधानमाथिको खतरा नटरेकाले गठबन्धन आवश्यक: मन्त्री चौधरी

संविधानमाथिको खतरा नटरेकाले गठबन्धन आवश्यक: मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधानमाथि अझै खतरा रहेकाले गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । बाराको सिमरामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो ।

मुलुकको संविधानमाथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाउँमा आउने अवस्था बनेको भन्दै मन्त्री चौधरीले उल्लेख गर्नुभया, ‘कांग्रेस र कम्युनिष्ट फरक धारका पार्टी भए पनि संविधान जोगाउन मिल्नुपरेको छ । अझ बलियो एकता बनाउनुपर्नेछ । निर्वाचनपछि अन्य दल पनि एकतामा आउने छन् ।’

किसान श्रेष्ठले मापदण्डअनुसार तनहुँ छाड्नुनपर्ने भएकाले रामचन्द्र पौडेलका लागि बारा–४ बाट उम्मेदवार बन्ने स्थिति आउने उहाँको भनाइ छ । ‘जसले निर्वाचन क्षेत्र हेर्न सक्छ, देश हेर्न सक्छ, त्यसलाई हेर्नुपर्छ । अब जात, धर्म र समुदाय मात्रै हेर्ने होइन । जनताले यो कुरा बुझिसकेका छन्,’ मन्त्री चौधरीको भनाइ छ ।

एमालेले जिते वर्तमान प्रणाली नै समाप्त हुने धारणा राख्दै मन्त्री चौधरीले भन्नुभयो, ‘देउवाले नचाहँदा नचाहँदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नैपर्ने अवस्था आएको सत्य हो ।’

टिप्पणीहरू