गठबन्धनको बैठक किन रोकियो ?
पछिल्लो पटक अस्ति साँझसम्म बसेको सत्तारुढ गठबन्धनमा आवद्ध पार्टीहरुको कार्यदल बैठक आगामी मंगलबारसम्मको निम्ति रोकिएको छ । मंसिर ४ गतेको निर्वाचनको निम्ति निर्वाचन क्षेत्र भागबण्डामा कुरा नमिलेपछि बैठक एक साताको निम्ति स्थगित गरिएको छ ।
असोज २ गते आइतबार निर्वाचनको निम्ति बन्द सूचीको प्रारम्भिक नामावली पेश गर्नुपर्ने कार्यक्रम भएकाले बैठक रोकिएको भनिए पनि कुरो अर्कै रहेको बताइन्छ । यसबीचमा शीर्ष नेताहरुबीच कुराकानी भए पनि कार्यदलको बैठक नबस्ने निश्चित छ ।
‘आफ्ना पार्टीभित्र समानुपातिक उम्मेदवारको सूची मिलाउनुपर्ने भएकाले बैठक रोकिएको हो,’ कार्यदलमा रहेका नेपाली काँग्रेसका एक जना सदस्यले भने शीर्ष नेताहरुको बैठकबाट केही प्रगति हुने बताइएको छ । तर अस्तिदेखि शीर्ष नेतहरुबीच पनि यसबारे कुराकानी नभएको बालुवाटार स्रोतले बताएको छ ।
पहिले निकै अडान राख्दै आएको काँग्रेस एक सातादेखि मत्थर हुन थालेको आभाष मिलेको माओवादी प्रतिनिधिहरु बताउँछन् । नेपाली काँग्रेसले संख्यामा तोकेर नभने पनि मिलेर जानुको विकल्प छैन भनेकाले अन्तिम क्षणमा गठबन्धनको भागबण्डा मिल्ने उनीहरुको विश्वास छ ।
टिप्पणीहरू