रेशम चौधरीको पार्टीमा साँसद नरमाया ढकालसहित फेरि एक दर्जन प्रवेश

रेशम चौधरीको पार्टीमा साँसद नरमाया ढकालसहित फेरि एक दर्जन प्रवेश

सामूहिक हत्या आरोपमा जेल जीवन बिताइरहेका सांसद रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा आज विभिन्न दलका नेता तथा कार्यकर्ता र सर्वसाधारण गरी एक दर्जन प्रवेश गरेका छन् । केही समयअघि सोही पार्टी प्रवेश गरेका एमालेका पूर्व सभासद् हिमाञ्चल भट्टराईले हालका सांसद तथा स्वतन्त्र व्यक्तिहरु प्रवेश गरेको बताए ।

आज उक्त पार्टीमा जनता समाजवादी पार्टीकी सभासद नरमाया ढकाल र चन्द्रप्रकाश बस्याल प्रवेश गरेका हुन् । ढकालको पुर्ख्यौली घर स्याङ्जा र हाल बर्दियामा बसोबास रहेको छ । बस्याल अर्घाखाँचीका हुन् ।

त्यसैगरी डा. प्रमोद भट्टराई र रामराज खरेलले पनि उक्त पार्टी रोजेका छन् । कैलालीका खरेलले फोनबाट चौधरीको पार्टी रोजेको बताएपछि पार्टी प्रवेशको घोषणा गरिएको थियो ।

टिप्पणीहरू