चितुवा बोकेको विमानलाई पनि चितुवाजस्तै बनाइयो

चितुवा बोकेको विमानलाई पनि चितुवाजस्तै बनाइयो

प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि जन्म दिन मनाउँदैछन् । सो अवसरमा नामिबियाबाट ल्याइएका चितुवालाई मध्य प्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा छाडिने बताइएको छ ।

विगतमा चितुवाको राजधानी भनेर चिनिएको भारतमा सन् १९५२ देखि लोप भएको हो । त्यसैले पुनः चितुवाको संख्या बढाउन भोलिदेखि नामिबियाका चितुवालाई त्यहाँ छाड्न लागिएको बताइन्छ ।

यो वर्षको शुरुमा नामिबियाले भारतलाई केही चितुवा दिने सहमति गरेको थियो । अहिले प्रधानमन्त्रीको जन्मदिनको अवसरमा ती चितुवालाई भारतको राष्ट्रिय निकुञ्जमा छाड्न लागिएको हो ।

त्यहाँबाट चितुवा ल्याउन भारतले विशेष विमान पठाएको थियो । विमानको अग्र भागलाई चितुवाकै रुपमा सिँगारिएको थियो ।

चितुवालाई मानव चासोसँग सबैभन्दा कम द्वन्द्व हुने श्रेष्ठ मांसाहारी प्राणीको रुपमा लिइन्छ ।

टिप्पणीहरू