काँग्रेसका दुवै महामन्त्री बिरामी, उम्मेदवार छान्ने जिम्मा सबै सह–महामन्त्रीलाई

काँग्रेसका दुवै महामन्त्री बिरामी, उम्मेदवार छान्ने जिम्मा सबै सह–महामन्त्रीलाई

नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बिरामी परेका छन् । आगामी निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची तयार गर्नुपर्ने बेला दुबै महामन्त्री बिरामी भएका हुन् ।

शर्माको केही दिनअघि शल्यक्रिया गरिएको थियो । उनी अस्पतालबाट डिस्चार्ज भएपनि अहिले घरमा आराम गरिरहेका छन् । अर्का महामन्त्री थापालाई डेंगु संक्रमण भएपछि उनी पनि घरमै छन् । थापालाई हिजोबाट उच्च ज्वरो आएपछि रगत जाँचमा डेंगु संक्रमण पुष्टि भएको हो ।

उम्मेदवार छनोट गरी बन्द सूची बुझाउन पदाधिकारी बैठक बसिरहँदा दुवै महामन्त्री बिरामी परेपछि काँग्रेसले सह–महामन्त्रीहरुलाई त्यसको जिम्मा लगाएको छ । निर्वाचन आयोगले बन्द सूची बुझाउन पर्सि आइतबार र सोमबारलाई तोकेको छ ।

टिप्पणीहरू