नेकपा (बहुमत) को विद्यार्थी सम्मेलनमा प्रहरी हस्तक्षेप, दुई दर्जन पक्राउ

नेकपा (बहुमत) को विद्यार्थी सम्मेलनमा प्रहरी हस्तक्षेप, दुई दर्जन पक्राउ

धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का महासचिवसहितका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा आयोजित जिल्ला सम्मेलनमा सहभागी दुई दर्जन विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ परेकामा केन्द्रीय महासचिव रुपा बुढामगरसहित दुई दर्जन विद्यार्थी नेता तथा कार्यकर्ता रहेको बताइएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको छ । प्रहरीले सम्मेलनमा सानो उमेरका विद्यार्थीलाई सहभागी गराइएकाले सोधपुछको निम्ति नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

तर प्रहरी स्रोतले यसअघि उक्त समूह र विद्यार्थी संगठनले जिल्लामा चन्दा आतंक मच्चाएकाले प्रहरीले सोबारे थप जानकारी र निगरानी बढाउन आज नियन्त्रणमा लिएको बताएको छ ।

टिप्पणीहरू