भूमि आयोगले जग्गा वितरण रोक्यो

भूमि आयोगले जग्गा वितरण रोक्यो

राष्ट्रिय भूमि आयोगले तत्कालका लागि जग्गा वितरणसम्बन्धी सम्पूर्ण कार्य स्थगित गरेको छ । निर्वाचन आयोगले अस्ति पत्राचार गर्दै जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने, निस्सा वितरण तथा लालपूर्जा वितरण कार्य स्थगन गर्न निर्देशन दिएपछि आयोग पछि हटेको हो ।

आयोगले आज एक सूचना मार्फत् अनिश्चितकालका लागि जग्गा वितरणसम्बन्धी सबै कार्य रोकेको जानकारी गराएको छ । ‘अतिरिक्त लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, आयोगले भनेको छ ।जग्गासम्बन्धी कामकाज अघि बढाउन आयोगले गत साउन ३१, भदौ १, २ र २९ गते सूचना निकालेको थियो । तर हालका लागि रोकिएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपूर्जा वितरणको काम बन्द गर्न निर्देशन दिएको हो ।

टिप्पणीहरू