विप्लवहरु पुरानै बाटोमा फर्किए, बहुमतले चुनाव नमान्ने
स्थानीय तहको निर्वाचनमा सहभागी हुने नेत्रविक्रम चन्द विप्लवको कार्यनीतिसँग असहमत भई विभाजन भएको नेकपा (बहुमत) ले आसन्न संघ तथा प्रदेशको निर्वाचन बहिष्कार गर्ने भएको छ ।
पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले तेस्रो केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै निर्वाचन अवज्ञा गर्ने जानकारी दिए । अहिलेको शासन प्रणालीले मुलुकलाई निकास नदिने बताउँदै उनले चुनावमा भाग लिनुको अर्थ नहुने दाबी गरे ।
यता, चुनाव उपयोगको नीति भन्दै स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवार खडा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि मंसिरको चुनाव बहिष्कार गर्ने बताएको छ । स्थानीय चुनावमा अनपेक्षित परिणाम आएपछि विप्लवहरु बहिष्कारको पुरानै नीतिमा फर्किएका हुन् ।
त्यस्तै, मोहन वैद्य किरणको क्रान्तिकारी माओवादीले पनि यसअघि नै चुनाव बहिष्कार गर्ने घोषणा गरिसकेको छ ।
टिप्पणीहरू