डा केसीको स्वास्थ्य जटिल बन्दै, अन्यन्त्र लैजान प्रादेशिक अस्पतालको सुझाव
चिकित्सा क्षेत्र सुधारको माग राख्दै २०औँ पटक अनशन बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले आज एक सूचना जारी गर्दै अन्यत्र स्थानान्तरण (रिफर) गर्न सुझाव दिएको छ ।
अस्पतालले उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो । डा.केसीको स्वास्थ्यमा मांशपेसी सुक्दै गएको र अल्सर भई रक्तस्राबको समस्या भएको हुनाले थप जटिलता हुन सक्ने प्रादेशिक अस्पताल धनगढीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
उनी गत भदौ २७ गतेदेखि धनगढीमा अनशनरत छन् । तर, उनले राखेको मागबारे अनशनरत आठौं दिनसम्म पनि सरकारले सुनुवाइ गरेको छैन । हिजो डा.केसी र सरकारी पक्षबीच पहिलो चरणको वार्ता भएको थियो । तर, उक्त वार्ता निष्कर्षविहीन भइ टुंगिएको थियो ।

टिप्पणीहरू