तीन मन्त्रीलाई एकै ठाँउमा उभ्याइने

तीन मन्त्रीलाई एकै ठाँउमा उभ्याइने

प्रतिनिधिसभाको अवसानसङ्गै राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले भोलि असोज ४ गते (मंगलवार) दशैंलक्षित बैठक बोलाएको छ । दशैंमा अत्याधिक हुने उपभोक्ता ठगी र चोरी डकैतीको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । छलफलमा सरकारका तीन जना मन्त्रीलाई सामेल गराउन लागिएको छ ।

कालोबजारी,महङ्गी र कृत्रिम अभाव नियन्त्रण तथा नियमनबारे सोधखोज गर्न उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई निम्तो दिइएको छ । त्यस्तै,भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइनले पनि बैठकमा उपस्थिति जनाउनेछन् ।

सडक सुरक्षा, टिकटको सहजिकरण र यातायात व्यवसायीले लिने गरेको मनलाग्दी भाडाका विषयमा उनीसंग कुराकानी गरिने आयोजक पक्षले जनाएको छ । यता, गृहमन्त्री बालकृष्ण खाणसंग शान्ति सुरक्षाबारे छलफल गरिनेछ । अरु समयभन्दा दशैंमा अत्याधिक चोरी, लुटपाटका घटना घट्ने भएकाले यसको नियन्त्रणका उपायहरु बैठकले निकाल्ने श्रोतको दावी छ ।

टिप्पणीहरू