बिहान “अलविदा”लेखेर गाइघाटबाट हिँडेका पत्रकार साँझ हेटौंडामा

बिहान “अलविदा”लेखेर गाइघाटबाट हिँडेका पत्रकार साँझ हेटौंडामा

आज बिहान सामाजिक सञ्जालमा ‘अलबिदा’लेखेर मोबाइल अफ गरेका उदयपुरका पत्रकार बिदुर कटवाल सम्पर्कमा आएका छन् ।

उनी पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्कासहित मकवानपुरका साथीहरुसँगको सम्पर्कमा रहेको बताइएको छ ।

आज बिहानदेखि प्रहरीले खोजी गरेका उनी अनौपचारिक रुपमा मकवानपुरमा फेला परेका हुन् । बिहान उनले फेसबुक पेजमा श्रीमती,छोरा,दाजुभाइ र बहिनीलाई सम्बोधन गरेर श्रीमतीलाई डिभोर्स दिनभन्दा मर्न बेश भनी लेखेका थिए ।

त्यसपछि प्रहरीले फेसबुकको मुख्यालयदेखि प्रहरी प्रशासनको सहयोगमा व्यापक खोजी गरेको हो । एक जना जुझारु र कुशल पत्रकार अपृय निर्णयबाट पछि हटेकोमा सर्वत्र खुशियाली छाएको छ ।

टिप्पणीहरू