चट्याङ लागेर आइतसिंहको प्रणान्त

चट्याङ लागेर आइतसिंहको प्रणान्त

मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । गएराति वकैया गाउँपालिकामा चट्याङ लागेर स्थानीय आइतसिंह बोलनको निधन भएको हो ।

प्रहरीका अनुसार आहालडाँडाका ५५ वर्षीय आइतसिंह घरमै बसिरहेको अवस्थामा चट्याङ लाग्दा उतिन्खेरै मृत्यु भएको हो ।

त्यस्तै, स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत चट्याङले लगेको छ ।

टिप्पणीहरू