नेकपा एसनिकट मगरहरुको भेला सम्पन्न
नेकपा एकीकृत समाजवादी पार्टीनिकट मगरहरुको तेस्रो राष्ट्रिय भेलाले वीरबहादुर बुढाथोकी मगरको अध्यक्षतामा ७७ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । हिजो समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आयोजित भेलाले ७७ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।
भेलाले संघको वरिष्ठ उपाध्यक्षमा उत्तर जर्घामगर,उपाध्यक्षमा उमेश रानामगर र चक्र घर्तीमगरलाई छानेको छ । त्यस्तै,महिला उपाध्यक्षमा कल्पना थापामगर,महासचिवमा अमर थापामगर, उपमहासचिवमा झविलाल राहुमगर र केबी गर्जामगर चुनिएका छन् ।
सचिवमा मानवबहादुर केप्छाकी मगर,संगिता रानामगर,कुमार आलेमगर,दुर्गाबहादुर पुन मगर,भक्त आलेमगर, हरिबहादुर लुंगेली मगर, पूर्णप्रकाश पूर्वछाने मगर, हितबहादुर रैकामगर, अंगद रानामगर, किसन आलेमगर रहेको उपमहासचिव झविलालले बताए ।
समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपमहासचिव डा.विजय पौडेल,सचिव नागेन्द्र चौधरी,सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री,पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री प्रेम आलेमगर,स्थायी कमिटी सदस्य भविश्वर पराजुली,पूर्वमन्त्री तथा केन्द्रीय सदस्य किसन श्रेष्ठको उपस्थिति रहेको थियो ।
त्यस्तै,बागमती प्रदेशका कृषि तथा पशुपक्षी राज्यमन्त्री इन्द्रमाया गुरुङ,पूर्वलोकतान्त्रिक मगर संघका अध्यक्ष तथा प्यूठान जिल्ला अध्यक्ष भोजविक्रम बुढामगर, नेपाल आदिवासी जनजाति महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा घटक प्रमुख रामचन्द्र बल र महासचिव चन्द्रबहादुर तामाङले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
वीरबहादुर बुढाथोकी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव अमर थापामगरले सञ्चालन गरेका थिए ।
टिप्पणीहरू