राजधानीको सुरक्षामा कुकुरदेखि ड्रोनसम्म

राजधानीको सुरक्षामा कुकुरदेखि ड्रोनसम्म

काठमाडौँ उपत्यकामा आगामी दशैं, दीपावली र छठ पर्वमा सुरक्षाको निम्ति तीन हजार बढी प्रहरी खटिने भएका छन् । दशैंको अवसरमा राजधानीमा सुरक्षित वातावरण बनाउन उक्त संख्यामा प्रहरीहरु खटाइने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए ।

प्रभावकारी तवरले सुरक्षाकर्मीहरुको परिचालन गरी चाडपर्वमा सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्ने तयारी गरिएको उनको भनाइ छ । मैनालीले चाडपर्वमा सुरुक्षा चुनौती बढ्ने भएकाले सादा पोशाक र जनसम्पर्क तथा नागरिकमुखी कार्यक्रमको योजना राखिएको सुनाए ।

यात्रुहरुलाई सहजतापूर्वक यात्रा गर्न प्रहरीले काठमाडौँका १२ स्थानमा हेल्प डेस्कको स्थापना गरिएको छ । सुन्धारा, कोटेश्वर, तिलगंगा, गौशाला, चाबहिल चोक, गोंगबु, नयाँ वसपार्क, बालाजु चोक, बालाजु बाईपास, कलंकी र बल्खुमा त्यस्ता डेस्क राखिएको छ ।यसैगरी टोल टोलमा पर्चा पम्लेटहरु वितरण गर्ने प्रहरीको सुरक्षा रणनीतिमा उल्लेख छ । योसँगै ड्रोन, कुकुर र मोबाइलबाट गस्ती परिचालन गर्नेलगायत योजना सार्वजनिक गरिएको छ ।

टिप्पणीहरू