सन्दीप लामिछानेको पक्षमा वक्तव्यबाजी, दुबै परिवार मिल्नुपर्ने सुझाव

सन्दीप लामिछानेको पक्षमा वक्तव्यबाजी, दुबै परिवार मिल्नुपर्ने सुझाव

किशोरी बलात्कारको आरोप लागेको किक्रेटर सन्दीप लामिछानेको पक्षमा उभिएको सन्दीप बचाउ अभियानले सामाजिक सञ्जालमा लेखिएका घटना विवरणमा कुनै सत्यता नभएको दाबी गरेको छ । सन्दीपमाथि बलात्कारजस्तो जघन्य अपराधको उजुरी परेपछि पूरै विश्वको ध्यानाकर्षण भएको उल्लेख गर्दै अभियानले घटना विवरणमा थोरै पनि सत्यता नभएको बताएको हो ।

घटना र जाहेरीको विवरणलाई नजिर मान्दै हिँडेमा नेपालका झ्यालखाना भरिने अभियानका संयोजक मनिष सापकोटाले बताए । उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्,‘यस्ता घटनामा जाहेरी आएको विवरणलाई नजिर मान्ने हो भने नेपालका जेलहरु भरिन सक्छ । समाजको संरचना नै बिग्रेर अराजकता र विद्रोहतिर समाज र युवा परिभाषित हुन्छ ।’

कानून र विधिलाई सबैले सम्मान गर्नुपर्ने भन्दै घटनाको समाधानतर्फ आफूहरुले अग्रसरता लिएको उनीहरुले बताएका छन् । किशोर किशोरीहरुको सामाजिक सञ्जालको लत र विकृतिले डरलाग्दो रुप लिइरहेको अभियानको ठहर छ । अभियानले सबै पार्टीका नेता, युवा र राज्य संयन्त्रलाई परिचालित गराई दुवै परिवारलाई वार्तामा ल्याएर समाधान खोज्न आग्रह गरेको छ ।

टिप्पणीहरू