ओली र लोकतान्त्रिक गणतन्त्र एक अर्काका विपरित ध्रुव हुन्,सँगै जान सक्दैनन्-अखिल अध्यक्ष सुदेश पराजुली

ओली र लोकतान्त्रिक गणतन्त्र एक अर्काका विपरित ध्रुव हुन्,सँगै जान सक्दैनन्-अखिल अध्यक्ष सुदेश पराजुली

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केपी ओली र लोकतान्त्रिक गणतन्त्र एक अर्काका विपरित ध्रुव भएको भन्दै यी दुई चिज सँगै जान नसक्ने बताउनु भएको छ । अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीद्वारा नेपालीहरूका महान पर्वहरूको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पराजुलीले यो व्यवस्थामा ओलीलाई प्रतिगमनतर्फ हिंड्ने गोरेटोसमेत नभएको र यो व्यवस्था रहँदासम्म ओलीले चाहेको प्रतिगमन असम्भव भएको बताउनु भयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको यो व्यवस्था र यात्रामा ओलीको हिंडाइ फरक भएको भन्दै हिँड्न नजान्नेहरू दुर्घटनामा पर्ने कुरा पक्का भएको उहाँको दावी थियो । निकै ठूलो त्याग,तपस्या र बलिदानबाट प्राप्त उपलब्धीलाई समाप्त पार्न विभिन्न शिखण्डी तयार पार्दैछन् ओली भन्दै पराजुलीले गणतन्त्रवादीले ओली पाखण्डीहरूको रूप , रंग,आकार ,प्रकार र पहिचान सबै गरिसकेको बताउनु भयो ।

विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा विकास भएको भन्दै विद्यार्थी नेता पराजुलीले यसलाई परिवर्तन गरेर योग्य,दक्ष,सक्षम,अब्बल संसारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता भएको बताउनु भयो ।

उहाँले आफ्नो पार्टी समेत सम्मिलित गठबन्धनको सरकारलाई सामाजिक रूपान्तरणका सवालमा उचित कदम चाल्न आग्रह समेत गर्नुभयो ।

टिप्पणीहरू