पोखरामा चाडपर्वलक्षित अनुगमन शुरु

पोखरामा चाडपर्वलक्षित अनुगमन शुरु

पोखरा महानगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमन थालेको छ । अनुगमनको पहिलो चरणमा महानगरपालिकाले मासु पसललाई लक्षित गरेको छ ।

कार्यवाहक प्रमुख तथा बजार अनुगमन समितिकी संयोजक मञ्जुदेवी गुरुङ्गको नेतृत्वमा चिप्लेढुंगा, रामबजार, जिरो किलोमिटर, विन्ध्यवासिनी बसपार्क, बगर ट्याक्सी चोकलगायतका स्थानमा सञ्चालित मासु पसलमा अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा उपभोक्ता सचेतनाको अभावका कारण गुणस्तरमा कमी देखिएको संयोजक गुरुङ्गले बताइन् । उनले भनिन्,‘पहिलेको तुलनामा सुधार भएको छ तर जति हुनुपर्ने हो त्यति हुन सकेको छैन ।’

यता, कतिपय पसल दर्ता नगरी सञ्चालनमा रहेका, मूल्यसूची नभएका, सरसफाइको कमी, खसीबोका, बाख्रा र कुखुराको मासु एकै ठाउँमा फ्रिजिङ गरिएका जस्ता त्रुटी पाइएको अनुमगनमा खटिएका अर्का एक अधिकारीले बताए ।

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले बजार सुधारको निीम्त उपभोक्ता अधिकारप्रति व्यवसायी र आफ्नो अधिकारप्रति उपभोक्ता सचेत हुनुपर्नेमा जोड दिएका छन् । उपभोक्ताको हित रक्षामा राज्य र व्यवसायी दुवै जवाफदेही हुन आवश्यक रहेको उनको भनाइ छ ।

टिप्पणीहरू