कवाडीको आगलागी नियन्त्रणमा, तीन जना घाइते
ललितपुरको नयाँ बाटोस्थित एक कबाडी गोदाममा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ ।
नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी, स्थानीयवासी र उपत्यकाका तीन वटै जिल्लाका बारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।
आगलागीमा परी तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना भारतीय र एक नेपाली रहेको प्रहरीले जनाएको छ । हाल धोबिघाट बस्दै आएका गणेश गुरुङ्ग, लालसिंह पौदार र रामाशिश साहलाई उपचारका लागि स्टार हस्पिटल लगिएको छ ।
बच्चा साहले सञ्चालन गर्दै आएको कबाडी गोदाममा आज दिउँसो एक्कासि आगो लागेको हो । आगलागी हुनुको कारण भने खुल्न सकेको छैन ।
टिप्पणीहरू