पोखरीमा खसेका आमाछोरा दुबै बिते

पोखरीमा खसेका आमाछोरा दुबै बिते

कपिलवस्तुमा पोखरीमा डुबेर एकै परिवारका दुई जनाको ज्यान गएको छ । शुद्धोधन गाउँपालिका–२, कर्माहवाका २२ वर्षीय रिमा यादव र उनका छ महिने छोराको घर छेउमा रहेको पोखरीमा डुबेर आज बिहान मृत्यु भएको हो ।

पोखरीमा डुबेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय पकडी र प्रहरी चौकी लबनीबाट खटिएको टोली घटनास्थल पुगेका थिए । तर, प्रहरी पुग्दा उनीहरुको मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले बताएको छ ।

दुवै शव पोष्टमार्टमका निम्ति जिल्ला अस्पताल लगिएको छ ।

टिप्पणीहरू