अमेरिकी राजदूतसँगको भेटलगत्तै डा भट्टराई प्रचण्डकोमा

अमेरिकी राजदूतसँगको भेटलगत्तै डा भट्टराई प्रचण्डकोमा

हिजो दिउँसो पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच नागपोखरीस्थित होटल मेरियटमा कुराकानी भएको बताइन्छ ।

उहाँहरुबीच दिउँसो २ बजेपछि झण्डै आधा घण्टा चियापानसँगै छलफल भएको थियो । राजदूत बेरीले बिदाइ भेटको क्रममा डा. भट्टराईसँग कुराकानी गर्नुभएको दूतावास स्रोतले बतायो ।

राजदूत बेरीसँगको भेटपछि होटलबाट निस्क्नुभएका डा. भट्टराईले सोझै सिंहदरबार पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको थियो । उहाँले संसद सचिवालयस्थित माओवादी केन्द्रका अध्यक्षको कार्यकक्षमा दाहालसँग ३ बजेदेखि झण्डै एक घण्टा कुराकानी गर्नुभएको संसद सचिवालयले पुष्टि गरेको छ ।

टिप्पणीहरू