सेनाको जहाज फर्काएर आफ्नै खर्चमा अस्पताल भर्ना हुन आए
डा.केसी चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीलाई टिचिङ अस्पतालमा भर्ना गरिएको छ । गत १० दिनदेखि धनगढीमा अनशन बसेका उनको स्वास्थ्य अवस्था बिग्रेपछि आज उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको हो ।
अनशनका क्रममा केसीको स्वास्थ्य स्थिति झन झन जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले समेत पहल गरेको थियो । सेती प्रादेशिक अस्पतालको आइसीयूमा उपचार गराइरहेका उनलाई सुविधा सम्पन्न अस्पतालमा लैजान त्यहाँका चिकित्सक र अस्पताल प्रशासनले आग्रह गरेपछि सरकारले निर्णय गरेर हिजो सेनाको जहाज पठाएको थियो । तर,हिजो आउन नमानेका केसी आज आफ्नै खर्चमा काठमाडौँ आएका हुन् ।
डा.केसीलाई अहिले टिचिङ अस्पतालको एनएक्स-१, क्याबिन नम्बर ५०१ मा राखिएको छ ।
टिप्पणीहरू